लक्ष्य

शहरी विकास तथा भवन कार्यालय, राजपुर, डोटीको लक्ष्य आफ्नो कार्यक्षेत्रभित्र सुरक्षित, व्यवस्थित, गुणस्तरीय तथा दिगो भवन र शहरी पूर्वाधारको विकास गर्दै नागरिकको जीवनस्तरमा सुधार ल्याउनु हो। साथै, प्रदेश सरकारका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी विकास निर्माणका कार्यलाई पारदर्शी, गुणस्तरीय र परिणाममुखी बनाउनु कार्यालयको प्रमुख लक्ष्य हो।

दृष्टि

सुरक्षित, समावेशी, व्यवस्थित, वातावरणमैत्री तथा दिगो शहरी विकासमार्फत समृद्ध र आधुनिक समाज निर्माणमा योगदान पुर्याउने।