📢 बोलपत्र स्वीकृत गर्ने आशय सम्बन्धी सूचना प्रकाशन गरिएको सम्बन्धमा

यस शहरी विकास तथा भवन कार्यालय, राजपुर, डोटीबाट मिति २०८३।०३।०१ मा प्रकाशित बोलपत्र आह्वानको सूचना बमोजिम प्राप्त तथा रीतपूर्वक दर्ता भएका बोलपत्रहरूको मूल्याङ्कन पश्चात् बोलपत्र स्वीकृत गर्ने आशय सम्बन्धी सूचना मिति २०८३।०५।०९ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित भइसकेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।

सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम प्रकाशित उक्त सूचना सम्बन्धित बोलपत्रदाता तथा सरोकारवाला सबैको जानकारीका लागि यस कार्यालयको आधिकारिक फेसबुक पेजमार्फत समेत सार्वजनिक गरिएको छ।

शहरी विकास तथा भवन कार्यालय

राजपुर, डोटी