खुल्ने समय: आईतबार देखि बिहिबार ( १० बजे देखि ५ बजे सम्म ) र शुक्रबार ३ बजे सम्म

सुदूरपश्चिम प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

शहरी विकास तथा भवन कार्यालय

राजपुर, डोटी

Niraj Pal
Niraj Pal
Sr. Developer

सुदूरपश्चिम प्रदेशको मध्य पहाडी जिल्लामा अवस्थित डोटी जिल्ला चुरे, महाभारत तथा उच्च पहाडी क्षेत्रमा फैलिएको छ । चुरेको भ–भाग भौगोलिक दृष्टिकोणले ज्यादै कमलो र चुरे क्षेत्र ढुङ्गा तथा अन्य खनिजहरूको उपलब्धताको कारणले महत्त्वपूर्ण रहेको पाइन्छ । जिल्लाको कुल भू–भागको करिब ६६ प्रतिशत अर्थात् १,२८,९२०.५ हेक्टर भू–भागमा विविध किसिमको वन क्षेत्र पाइने हुँदा यो जिल्ला जैविक विविधताको धनी जिल्लाको रूपमा परिचित छ । सामुदायिक वन विकास कार्यक्रम स्थानीय उपभोक्ताहरूको सामाजिक, आर्थिक र भौतिक विकासमा समेत ठुलो योगदान पुराएको छ । डोटी जिल्ला सामुदायिक वन विकास कार्यक्रममा देशकै अग्रणी जिल्लाकै रूपमा रहेको छ । आ.व. २०७८/०७९ सम्म जिल्लाका सबै ७ वटा गा.पा. र २ वटा नगरपालिका क्षेत्रमा गरी जम्मा ८६,४६८.९५ हेक्टर वन क्षेत्रलाई ३९७ वटा सामुदायिक वन उपभोक्ता समूहहरूले सामुदायिक वनको रूपमा व्यवस्थापन गरिरहेका छन् । यस प्रतिवेदनमा आ.व. २०७८/०७९ सम्म हस्तान्तरित जम्मा ३९७ गोटा सामुदायिक वनहरू मध्ये २०० गोटा सामुदायिक वन र सम्बन्धित उपभोक्ता समूहहरूको अवस्था अनुगमन तथा विश्लेषण गर्ने प्रयास गर्नुका साथै जिल्लाभित्र सञ्चालित डिभिजन वन कार्यालयहरू र सङ्घ सशर्त अनुदान कार्यक्रमका संक्षिप्त विवरण प्रस्तुत गर्ने जमर्को गरिएको छ । सामुदायिक वन उपभोक्ता समूहहरूको अनुगमनबाट प्राप्त नतिजाको आधारमा सामुदायिक वन विकास कार्यक्रमको मार्गदर्शनमा व्यवस्था भए अनुसार आम्दानी स्रोतको बाँडफाँड गर्दा तोकिएको शीर्षक अन्तर्गत खर्च नगर्दा आशातीत प्रतिफल प्राप्त गर्न नसकेको परिप्रेक्ष्यमा हाल डी.व.का.बाट कडाइका साथ वार्षिक कार्यक्रम पेस गर्न लगाई लागु गराउँदा उक्त व्यवस्था अनुसार खर्च गर्ने परिपाटीमा सुधार भएको देखिन्छ । यस जिल्लाका कवुलियती वन विकास कार्यक्रम बाट नाङ्गा डाँडा हरियाली भएको तथा कवुलियती वन उपभोक्ता समूहहरूको आयआर्जनमा वृद्धि भई कवुलियती वन गरिब उपभोक्ताहरूको जीविकोपार्जनको लागि मूल मन्त्र नै साबित भएको देखिन्छ ।