खुल्ने समय: आईतबार देखि बिहिबार ( १० बजे देखि ५ बजे सम्म ) र शुक्रबार ३ बजे सम्म

सुदूरपश्चिम प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

शहरी विकास तथा भवन कार्यालय

राजपुर, डोटी

परिचय

परिचय

प्रदेश सरकार, सूदुरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत मिति २०७५।०८।१२ मा स्थापना भएको यस शहरी विकास तथा भवन कार्यालयले शहर तथा मानव वस्तिहरूलाई समावेसी, सुरक्षित, एवं दिगो वनाउनका लागी सुदूरपश्चिम प्रदेशका डोटी, अछाम, बाजुरा,डडेल्धुरा जिल्लामा शहरी विकास, आवास र भवन क्षेत्रका विभिन्न योजनाहरु कार्यान्वयन गरिरहेको छ । शहरी क्षेत्रमा आधारभुत सुविधा पुर्याउने, शहरी विकासलाई आधुनिकिकरण गर्ने,नेपालको संविधानले मैलिक हकको रुपमा लिएको आवासको हकलाई मूर्तरुप दिने, सुरक्षित भवन निर्माणका लागि राष्ट्रिय भवन संहिताको कार्यान्वयन गर्ने/गराउने जस्ता महत्वपूर्ण जिम्मेवारी यस कार्यालयले वहन गर्नुपर्ने छ । भौतिक पूर्वाधार  विकास मन्त्रालय सूदुरपश्चिम प्रदेश को मातहत रहने गरी यस कार्यालयको स्थापना भएको हो । यस कार्यालयको कार्यक्षेत्र डोटी, अछाम, बाजुरा र डडेल्धुरा जिल्ला हो ।

हाम्रो मिशन

Aim


  • आर्थिक, सुरक्षित र दिगो शहरी विकास, आवास र सार्वजनिक भवन र योजना निर्माण । 


लक्ष्य र दृप्टि

शहरी विकास तथा भवन कार्यालयको लक्ष्य र उद्देश्य  भनेको सरकारी सार्वजनिक भवन निर्माण गर्नु र जनतामा सरकार भएको अनुभूति दिलाउनु हो ।